‘किसानको छोरा हुँ, किसानका लागि काम गर्छु’– कृषि मन्त्री भूसाल

‘किसानको छोरा हुँ, किसानका लागि काम गर्छु’– कृषि मन्त्री भूसाल


लुम्बिनी ।

आफू किसानको छोरा भएको भन्दै नेपाल सरकारका कृषि तथा पशुपंक्षी बिकास मंत्री डा. बेदूराम भूषालले किसानको समस्या सित अवगत रहेर किसानका लागि काम गरिरहेको बताएका छन् ।

मर्चवारको कोटहीमाइ–४ तुनिहवामा निर्मित बिउको भण्डारण तथा प्राथमिक प्रशोधन उद्योगको उद्घाटन गर्दै मंत्री भूषालले कृषि क्षेत्रबाट सरकारले उत्पादन बृद्धि गर्न चाहेको बताए ।

“देशको आर्थिक मेरुदण्ड नै कृषि हो, कृषि हाम्रो जीवनसँग जोडिएको छ” मंत्री भूषालले भने, “कृषि सबैका लागि प्राथमिकताको बिषय भएकोले अहिलेको सरकार कृषि उत्पादनमा बृद्धि गर्न चाहन्छ ।”

उनले कुनै पनि संरचना निर्माण गर्नु भन्दा त्यसको नियमित र ब्यवहारिक संचालन हुनु महत्वपूर्ण पाटो भएको भन्दै त्यस तर्फ ध्यान दिन आग्रहगर्दै कृषिबाट उन्नति गर्न औजारीकरण आवश्यक रहेको बताए ।

कृषिबाट उन्नति गर्न मल, बिउँ र सिंचाइ आवश्यक पर्ने भएकोले सरकारले बिदेशबाट मल आयात गर्छ । बाँकी प्रदेशले स्थानीयलाइ र स्थानीयले सहकारी मार्फत किसानसम्म पुर्याउने काम गरिरहेको उनले बताए ।

नेपाल सरकारले यो वर्ष चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल बिदेशबाट आयात गरेको बताउदै उनले भने, “जुन प्रदेशबाट जुन हिसाबले माग भएको थियो, त्यही हिसाबले पठाइएको छ ।” अपुग मलः माग गर्न उनले आग्रह गरे ।

प्रधानमंत्री गहुँजोनलाइ सरकारले निरन्तरता दिने बताउदै उनले भने, “अब देशमा दक्ष र प्राबिधिक जनशक्ति उत्पादन हुनेछन् । देशलाइ यान्त्रिकरण तथा कृषि औद्यौगिकरण तर्फ लग्दै हामीले हाम्रा कृषि उत्पादन पुनः भारतलाइ बेच्न सक्षम हुनेछौ ।”

‘मर्चवारमा सिंचाइको लागि बजेट छैन’– लुम्बिनी प्रदेशका पूर्ब मंत्री खाँ
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्बमन्त्री तथा प्रदेश सभा सदस्य वसीउद्दीन खाँनले कृषि र सिंचाइ एक अर्काको लागि परिपूरक रहेपनि संघीय सरकारले यो वर्ष मर्चवारमा सिंचाइका लागि बजेट नछुट्याएकोले ब्यवस्थापनमा सहयोग गर्न आग्रह गरे ।

उनले भने, “मर्चवारको निर्माणाधीन मुख्य फोरलेन सडक २०७७ सालमा टेण्डर भएपनि बाटोको मध्यभागमा रहेका एक सय ७७ वटा साना ठूला रुखका कारण अहिले सम्म निर्माण कार्य अवरुद्ध रहेको छ ।” मर्चवार बिकासका लागि बाधक ती रुखहरु कटानका लागि तत्काल पहल गरिदिन उनले मंत्री भूषाललाइ आग्रह गरे ।

कार्यक्रममा सम्मरीमाइ गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, प्रधानमंत्री गहुँ जोन समन्वय समितिका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी लगायतले रुपन्देही जिल्लामा जग्गा प्लाटिगं नभएको एक मात्र क्षेत्र मर्चवार पूर्ण रुपले कृषिमा आधारित क्षेत्र भएकोले सरकारले कृषिमा उचित बजेट बिनियोजनगरि बिकास गर्नुपर्ने बताए ।

प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना अन्तरगर्त ९२ लाख ९ सय १५ रुपैयाँ लागतमा निर्माण सम्पन्न सो ‘बिउको भण्डारण, प्राथमिक प्रशोधन तथा प्रशोधन उद्योग’को उद्घाटन समारोह नवदूर्गा स्वावलम्बन बहुद्देशिय सहकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद कुर्मीको अध्यक्षता तथा ब्यवस्थापक जितेन्द्र यादवको संचालनमा संपन्न भएको थियो।