लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल

लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल


काठमाडौं ।

नेपाल नर्सिङ परिषद्ले लिएको नर्सको लाइसेन्स परीक्षामा २० प्रतिशत नर्सले पनि नाम निकाल्न सकेनन् ।

शनिबार लिइएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको परीक्षामा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका हुन् ।

परिषद्का अनुसार पिसिएल नर्सिङतर्फ १ हजार २७० जना नर्सले परीक्षा दिएकामा २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।

यस्तै, शनिबार नै लिइएको बिएस्सी नर्सिङतर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् ।

बिएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३) प्रतिशत उत्तीर्ण भएका हुन् ।