Logo

आजदेखि ‘हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट’ दर्ता प्रक्रिया सुरु


काठमाडौं : मुलुकमा पहिलोपटक ‘हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट’ को दर्ता प्रक्रिया सुरु भएको छ । यातायात व्यवस्था विभागले पहिलो चरणमा आजबाट वाग्मती अञ्चललमा दर्ता रहेका सवारी साधनमा यो नम्बर प्रयोग गर्न लागको हो ।
विभागले पहिलो चरणमा सरकारी, सस्थान, समिति र निजी तर्फका तीन र चार पांग्रे साना सवारी, मझौला र ठूला सवारी साधनधनीलई आफ्नो सवारीमा नयाँ प्रविधिको नम्बर प्लेट जडान गर्न आह्वान गरेको छ । इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न, निजी, सरकारी, कूटनतिकलगायतका सवारी साधनका धनी र साधनको विवरण तथा राजस्व असुलीको अवस्थाबारे जानकारी लिन सहज हुने विभागले जनाएको छ ।

विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्ने सवारीधनीले आफ्नो सावरी साधनको हालसम्मको राजस्व तिरेर यातायात व्यवस्था कार्यलय साना-ठूला सावरी, वाग्मती एकान्तकुनामा रहेको बाणिज्य बैंकमा रकम जम्मा गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्