Logo

भारतमा भएको दुर्घटनामा एघारको मृत्यु


नयाँ दिल्ली : पश्चिम भारतीय राज्य गुजरातमा आइतबार भएको एक सडक दुर्घटनामा कम्तीमा एघार व्यक्तिको मृत्यु भएको छ । ट्रक र जीप एकआपसमा ठोक्किँएर भएको यस घटनामा एघारको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाकारी दिएको छ ।

गुजरात राज्यको प्रान्तीय राजधानी गान्धीनगरबाट ३६४ किलोमिटर दक्षिणमा पर्ने बोताद जिल्लामा यो घटना भएको थियो । यस घटनामा पाँच महिला र छ पुरुषको मृत्यु भएको छ ।

भारतमा मर्मत नगरिएको सडक, क्षमता भन्दा बढी यात्रु सवार र चालकले खतरायुृक्त रुपमा सावारी साधन चलाउनु नै बारम्बार दुर्घटना हुनको प्रमुख कारणहरु रहेका छन ।

भारतमा गत बर्ष भएका सडक दुर्घटनाहरुमा करिब एक लाख ५० हजार व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१५ मा एक लाख ४६ हजार एक सय ३३ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्