Logo

रियल मड्रिड घरेलु मैदानमा बराबरीमा रोकियो


काठमाडौं : स्पेनिस लिग ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

सिजनको दोस्रो खेलमा रियल मड्रिडले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेलेको हो ।

 

घरेलु मैदानमा मार्को एसेन्सियोले खेलको १०औं मिनेटमा गरेको गोलमार्फत् रियल मड्रिडले अग्रता लिएको थियो । तर, १८औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काए ।

७७औं मिनेटमा कोन्डोगबियाको गोलमार्फत् भ्यालेन्सियाले खेलमा अग्रता लियो । ८३औं मिनेटमा रियलका मार्को एसेन्सियोले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै खेल बराबरी गर्न सफल भए ।

यो बराबरीसँगै रियल मड्रिडले अंकतालिकामा २ खेलबाट ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्