प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबिच भेटघाट

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबिच भेटघाट


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटघाट भएको छ।

मंगलबार दिउँसो सिंहदरबारमा उक्त भेटघाट भएको हो।

दुवै जना बिच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

महाभूकम्पपछि भत्काउने भनिएको यो भवनमा केहीदिनअघि मात्रै प्रधानमन्त्री प्रचण्ड सरेका थिए।