Logo

मुगुरुजा युएस ओपन टेनिसको दोस्रो चरणमा


गार्बिन मुगुरुजा युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन । सोमबार राति भएको पहिलो चरणको खेलमा अमेरिकन खेलाडी भर्वारा लेप्चेनकोलाई सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी हुन् ।
अमेरिकाको न्युयोर्कमा भएको खेलमा तेस्रो वरियताकी मुगुरुजाले लेप्चेनकलाई ६ – ० र ६ – ३ को सेटमा पराजित गरिन ।  विम्बल्डन टेनिसको उपाधि जितेकी मुगुरुजाले तेस्रो चरण प्रवेशका लागि चिनिया खेलाडी डुआन यिङयिङसँग प्रतिस्पर्धा गर्नेछिन् ।
उता सातौं वरियताकी जोहन्ना कोन्टा बर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम टेनीस युएस ओपनको पहिलो चरणबाट बाहिरिएकी छिन । युएस ओपनको पहिलो चरणबाट बाहिरिने क्रममा कोन्टा सर्बियन खेलाडी अलेक्जेन्ड्रा क्रुनिकसँग ४ – ६, ६ – ३ र ६ – ४ ले पराजित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्