Logo

गृहमन्त्रीले प्रहरीभित्र बिखण्डन ल्याउँन खोजे : डा. शेखर कोईराला


 

बनेपा : नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गृहमन्त्रीले आफ्नो सूरक्षा सल्लाहकारको सचिवालय मन्त्रालयको सट्टा प्रहरी प्रधान कार्यलयमा राखेर प्रहरी फोर्सभित्र बिखण्डन ल्याउँन र प्रहरीभित्र दोहोरो शासन संचालन गर्न लागेको बताएका छन् ।

कोईरालाले गृहमन्त्रीले आफ्नो सूरक्षा सल्लाहकार राख्ने बहानामा प्रहरी प्रशासनमा अराजकता पैदा गर्न लागेको पनी बताए । महिला संघ बनेपा नगर समितीले मंगलादेवी सिंहको २१औं स्मृति दिवसको अवसरमा काभ्रेको बनेपामा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले शिर्ष नेताहरूका बिचमा गूटबन्दी र भागबण्डाको राजनिती हावी भएकाले काँग्रेस कमजोर भएको बताए । कोइरालाले राष्ट्रिय राजनितीमा काग्रेस कमजोर भएको फाईदा एमाले र माओबादीले उठाउन थालेको पनि बताए ।

कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका सभापती मधू आचार्य, पूर्वसभापती शिब हूमागाईँ, काभ्रे काँग्रेसका नेताहरू ईन्द्रमणी अधिकारी, कूमार लामिछाने, अच्यूत पौडेल, दिनेश लामा, रमेश हूमागाईँ, नेत्रीहरू रूक्मणीराज भण्डारी, लक्ष्मी खतिवडा र बिनिता अधिकारी नेबिसंघ सहमहानन्त्री माधव ढकाल, नेबिसंघ केन्द्रिय सदस्यहरू भोला नेपाल, कल्पना खड्का, सूनिता पोख्रेल लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्