Logo

माओवादी इतिहासमा क्रान्तिकारीको नेतृत्व चयनलाई आज निर्वाचन हुँदै


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
माओवादी इतिहासमा नै अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व चयनका लागि आज निर्वाचन हुन लागेको हो । निर्वाचन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा हुनुहुन्छ । ३३ पदाधिकारीसहित २ सय ४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ । निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन । यही भदौ ७ गतेदेखि भएको २१औँ सम्मेलन अन्तर्गत निर्वाचन कीर्तिपुरस्थित त्रिवि सभाहलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्