Logo

के छ निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिबेदनमा


काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुभाउँदै छ । मधेसवादी दलहरु पनि निर्वाचनमा जाने भएपछि मधेसवादी दलका असन्तुष्टिलाई सम्बोधन गर्न भन्दै सरकारले गठन गरेको आयोगले आफ्नो प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन लागेको हो ।
साउन ५ मा गठन भएको आयोगले संविधान अनुसार संघीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो । आयोगले जनसंख्या र भूगोललाई आधार मानेर क्षेत्र निर्धारण गरेको छ । हाल १ सय ६५ संघीय र ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको छ । जनसंख्या र भूगोललाई आधार मानी निर्वाचन क्षेत्र निर्धारण गरेको आयोगको प्रतिवेदनमाथि हेरफेर गर्न नपाइने संवैधानिक व्यवस्था छ ।
आयोगले पछि थप गरिएको दुईसहित ७७ जिल्लामा कम्तीमा एक÷एक वटा निर्वाचन क्षेत्र पर्ने गरी प्रदेशको जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र टुंगो लगाएको छ । २१ दिन भित्र प्रतिवेदन बुझाउन समय पाएको आयोगलाई सरकारले साउन ३१ गते थप १५ दिनको समय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्