आइपिओ जारी गर्दै सर्वोत्तम सिमेन्ट, भर्न १८ हजार रुपैयाँ लाग्ने

आइपिओ जारी गर्दै सर्वोत्तम सिमेन्ट, भर्न १८ हजार रुपैयाँ लाग्ने


काठमाडौं ।

सर्वोत्तम सिमेन्टको आइपिओ भर्न कम्तीमा १८ हजार रुपैयाँ लाग्ने भएको छ ।

बुक बिल्डिङ पद्दतीमार्फत सर्वसाधारणलाई पहिलो पटक खुल्न लागेको यो आइपिओको मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने भएको हो ।

यसमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ ।सो मौज्दात रकम बैंक खातामा नभएको खण्डमा आवेदन स्वतः रद्द हुन जानेछ ।

सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी हुनेछ ।

आइपिओ बाँडफाँटका क्रममा पर्ने लगानीकर्ताले कम्तीमा ५० कित्ता नै सेयर पाउने छन् । सर्वोत्तम सिमेन्टको आइपिओ संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँट गर्ने क्रममा ‘कटअफ प्राइस’ ४०१ रुपैयाँ तय भएको थियो ।

नवलपरासीको सुनवल नगरपालिकामा सर्वोत्तम सिमेन्ट उद्योग सञ्चालनमा छ भने दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन गदै आएको छ ।

गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म कम्पनीको जगेडा कोष तीन अर्ब ४५ करोड रुपैयाँ बराबर छ ।