गुम्बा तथा विहार पुनःनिर्माणको माग
प्रकाशित मिति : 30 August, 2017
प्रकाशित मिति : 30 August, 2017

काठमाडौँ :भूकम्प प्रभावित गुम्बा विहार संघर्ष समितिले विसं २०७२ मा गएको भूकम्पबाट भत्किएका गुम्बा तथा विहार चाँडो पुनःनिर्माण गर्न माग गरेको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सानुबाबु लामाले भूकम्पबाट विभिन्न २५ जिल्लामा नौ
सय ९३ वटा गुम्बा क्षतिग्रस्त भएको जानकारी दिँदै त्यसको छिट्टै पुनःनिर्माण गर्न माग गरे ।
विगतमा सरकारले गरेको अन्तरराष्ट्रिय सम्मेलनबाट गुम्बा तथा विहार पुनःनिर्माणका लागि करिब रु नौ सय करोड बजेट प्राप्त हुने प्रतिबद्धता भएको भएपनि काम हुन नसकेकोमा उहाँले चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्