७ करोड ५० लाखमा हतुवागढीको प्रशासनिक भवन बन्ने

७ करोड ५० लाखमा हतुवागढीको प्रशासनिक भवन बन्ने


भोजपुर ।

भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच शिलान्यास गरे ।

नयाँ भवन निर्माण भएपस्चात सेवा प्रवाहमा सहज हुने अध्यक्ष राईले विश्वास व्यक्त गरे । “प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या छ,” उनले भने, “नयाँ भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप सहजता हुनेछ ।”

४ तले प्रशासनिक भवन भ्याटसहित ७ करोड ५० लाख ४४ हजार एक सय ३७ लागतमा निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। २ वर्षभित्र भवन निर्माण हुने विश्वास लिइएको छ ।