Logo

स्क्रब टाइफसबाट चितवनमा एकको मृत्यु


चितवन । चितवनमा स्क्रब टाइफसबाट एको मृत्यु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका अनुसार नवलपरासीकी २१ वर्षीया महिलाको स्क्रब टाइफबाट भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको हो ।
अस्पतालबाट प्राप्त रिर्पोटका आधारमा कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले महिलाको मृत्युको कारण स्क्रब टाइफ भएको जानकारी दिनुभएको हो ।
योसँगै जिल्लामा साउन यता स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
माइट नामको एक प्रकारको सुक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ ।
यसरी ज्वरो आउने बित्तिकै चिकित्सकको निगरानीमा औषधि लिन चिकित्सकले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्