Logo

दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी


काठमाडौं । नेपाली पुरुष भलिबल टोलीले पाहुना टोली बंगलादेशलाई दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित गरेको छ । नेपाली टोलीले बेष्ट अफ फाइभमा बंगलादेशलाई पराजित गरेको हो ।

लगनखेलस्थित आर्मीको कभर्ड हल भएको मैत्रीपूर्ण दोस्रो खेलमा नेपालले बंगलादेशलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट बंगलादेशले २५–१९ ले जितेको थियो । दोस्रो सेटमा नेपालले बंगलादेशलाई २५–२२ ले जित्न सफल भयो । तेस्रो सेट २५–२० ले गुमाएको नेपालले चौथो सेट भने २५–२२ ले जितेको थियो ।

अन्तिम सेटमा नेपालले १८–८ ले जित्दै दुबै मैत्रीपूर्ण खेलमा जित हात पारेको हो ।

यसअघि हिजो सम्पन्न पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको थियो । २७–२५ ले पहिलो सेट गुमाएको नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै जित हातको थियो । २५–१७, २५–१६ र २५–२३ ले जितेको थियो ।

नेपाली पुरुष भलिबल टोलीको स्तरबृद्धि र नियमित तयारीको लागि नेपाल भलिबल संघको आग्रहमा बंगलादेशको टोली नेपाल आएको हो ।

प्रतिक्रिया दिनुहोस्