Logo

निर्वाचन क्षेत्र निर्धारण आयोगले बुझायो प्रतिवेदन, सबैभन्दा बढी ३३ र कम १२


काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई तयार पारेको प्रतिवदेन बुझाएको हो ।
आयोगले बुझाएको प्रतिवेदन अनुसार सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा ३३ र सबैभन्दा कम प्रदेश नम्बर ६ मा १२ निर्वाचन क्षेत्र कायम गरेको छ । आयोगले जनसंख्यालाई ९० र भूगोललाई १० प्रतिशत आधार बनाएर क्षेत्र निर्धारण गरेको तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको हो ।
यस्तै, आयोगको प्रतिवेदन अनुसार प्रदेश नम्बर १ मा २८ र प्रदेश नम्बर २ मा ३२ प्रदेश नम्बर ३ मा ३३ प्रदेश नम्बर ४ मा १८ प्रदेश नम्बर ५ मा २६ प्रदेश नम्बर ६ मा १२ र प्रदेश नम्बर ७ मा १६ निर्वाचन क्षेत्र प्रतिनिधिसभाका लागि कायम भएका हुन् ।
प्रतिनिधिसभाको एक क्षेत्र बराबर २ निर्वाचन क्षेत्र कायम गरेको आयोगले प्रदेश नम्बर १ मा ५६, प्रदेश नम्बर २ मा ६४, प्रदेश नम्बर ३ मा ६६, प्रदेश नम्बर ४ मा ३६, प्रदेश नम्बर ५ मा ५२, प्रदेश नम्बर ६ मा २४ र प्रदेश नम्बर ७ मा ३२ कायम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्