Logo

कपिलवस्तुमा सर्पदंशका बिरामी बढे


कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको संख्या बढ्न थालेको छ ।
नेपाली सेनाको नारायणदल गणको प्राविधिक र बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस उपचार केन्द्रमा भदौ दोस्रो साता आइपुग्दासमेत सर्पले डसेका बिरामीको संख्या बढेको हो ।
उपचार केन्द्रमा यही असारदेखि भदौ १४ गतेसम्म ४ सय जना सर्पले डसेका बिरामीको उपचार गरिएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेका सचिव नवीन भण्डारीले जानकारी दिनुभयो ।
जिल्लाका ३०१, दाङका १५, रोल्पाका २०, अर्घाखाँचीका ३५, प्युठानका १५, र रुपन्देहीका १४ जना सर्पले डसेका बिरामीको उपचार गरिएको सचिव भण्डारीले बताउनुभयो ।
अहिले पनि दैनिक १० भन्दा बढी बिरामी आउने गरेको यस उपचार केन्द्रमा असार महिनामा मात्र ११५ जना भन्दा बढी बिरामीको उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्