Logo

सडक बालबालिकाको लिग फुटबल हुने


काठमाडाैं । सेल्टर आश्रय नेपालको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा भदौं २१ देखि २३ गतेसम्म सडक बालबालिकाको लिग फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका १५ वटा संस्थाका १४ टोलीको सहभागिता रहनेछन् । लिगकम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । लिगका खेलहरु दशरथ रंगशालामा हुनेछ । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म रुसको मस्कोमा आयोजना हुने सडक तथा असहाय बालबालिकाको विश्व कप फुटबलमा सहभागि गराइने आयोजकले जनाएको छ । विश्व कपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्