मोटरसाइकलबाट खसेर एकको मृत्यु
प्रकाशित मिति : 31 August, 2017
प्रकाशित मिति : 31 August, 2017

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल–२ बाट बिरामी भएका कारण उपचारका लागि अस्पताल ल्याइँदै गरेका एकजनाको मोटरसाइकलबाट खसेर गएराति मृत्यु भएको छ ।
बा ८ प ५७४७ नम्बरको मोटरसाइकल अनियन्त्रित हँुदा खसेर धुलिखेलस्थित अस्पतालचोकमा गम्भीर घाइते भएका ५३ वर्षीय भुलुङ तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेको थियो ।
मोटरसाइकलमा सवार थप दुईजना आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्