Logo

राष्ट्रिय फुटसल लिग आजबाट


काठमाडौं । अखिल नेपाल फुटबल संघ अन्र्तगतको फुटसल कमिटीको आयोजनामा हुने राष्ट्रिय फुटसल लिग प्रतियोगिता आजबाट सुरु हुँदै छ ।
१६ टिमको सहभागिता रहने प्रतियोगितामा स्तुपा फुटसल बौद्ध र चौर रक्रिएसन सेन्टरमा आयोजना हुनेछ ।
नेपालले पहिलो पटक भाग लिन लागेको एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्सका लागि खेलाडी छनोट गर्ने भन्दै एन्फाल फुटसल कमिटीले लिग गर्न लागेको हो ।
३० लाख बजेट लाग्ने प्रतियोगिताका दुई भाग मध्ये एक भाग अखिल नेपाल फुटबलसंघ तथा एक भाग टर्नपाइले बेहोर्नेछ ।
लिगको विजेताले ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार हात पार्नेछ । यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २० हजार जित्नेछन् ।

प्रतिक्रिया दिनुहोस्