Logo

मारिया सारापोभा युएस ओपन टेनिसको तेस्रो चरणमा


एजेन्सी । रसियन टेनिस सुन्दरी मारिया सारापोभा युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छन । सारापोभा गएराति भएको दोस्रो चरणको खेलमा हंगेरीका टाइमिया बाबसलाई पराजित गर्दै तेस्रो चरणमा पुगेकी हन ।
१५ महिनापछि पहिलो ग्राण्डस्लामको रूपमा युएस ओपन खेलेकी सारापोभाले बाबसलाई ६–७ ९४ – ७ ०, ६–४ र ६–१ को सेटमा हराएकी हुन । सारापोभाले पहिलो चरणमा दोस्रो बरियताकी रोमानियाकी सिमोना हालेपलाई पराजित गरेकी थिइन ।
युएस ओपन अन्तर्गत नै अमेरिकन भेनस विलियम्स पनि तेस्रो चरणमा प्रवेश गरेकी छिन । नवौ बरियताकी भेनसले फ्रान्सकी ओसिना डोडीनलाई ७ – ५ र ६ – ४ ले पराजित गरिन । पुरुषतर्फ क्रोएसियाका मारिन किलीच, स्विस साम क्वारी र बेल्जियमका डेभिड गोफिनले पनि तेस्रो चरणमा स्थान बनाएका छन ।

प्रतिक्रिया दिनुहोस्