Logo

राप्रपा प्रजातान्त्रिक सरकारमा जाने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) शेरबहादुर नेतृत्व सरकारमा सहभागि हुने भएको छ ।
मुलुकमा विद्यमान राजनीतिक अस्थिरता तथा अन्योललाई न्यूनीकरण गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । प्रत्यक्ष चुनाव जितेका नेतालाई प्राथमिकतामा राखिने पार्टीले जनाएको छ ।
राप्रपासँग वैचारिक असहमति राख्दै गत साउन २२ गते अलग भएको सो पार्टी गत साता मात्र दल दर्ता गरेको थियो । केही दिन अघि मात्र नयाँ पार्टीको रुपमा दर्ता भएको पार्टीमा १८ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्