Logo

सिलवाल मुद्दाको बहस सकियो, भदौ २७ मा फैसाला


काठमाडौं । डीआईजी नवारजा सिलवालले आफूभन्दा कनिष्ठ रहेका प्रकाश अर्याललाई आईजिपी बनाएर आफूमाथि अन्याय भएको भन्दै दायर गरेको रिटमाथि सर्बोच्च अदालतमा बहस बिहिबार सकिएको छ ।
वादी र प्रतिवादी दुवै पक्षको सम्पूर्ण बहस सकिएपछि पूर्ण बृहत इजलासले भदौ २७ गते फैसला गर्ने भएको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा रहेको न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीसहितको इजलासले भदौ २७ लाई मिति तोकेको हो ।
गत साउन १९ गते नै सिलवाल पक्षका वकिलहरुले बहस सकेका थिए । सिलवालका पक्षबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की, तुलसी भट्ट, टीकाराम भट्टराई र दीपेन्द्र झालगायत वकिलहरुले बहस गरेका थिए भने पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले समेत बहस सकिसकेका छन ।
सरकारले डीआईजी जयबहादुर चन्दलाई आईजिपी नियुक्त गरेपछि अर्का डिआईजी नवराज सिलवालले आफूलाई अन्याय भएको भन्दै रिट हालेका थिए । त्यसपछि सर्वोच्चले सरकारको निर्णय बदर गर्दै अर्को आइजिपी नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्