काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा गर्ने बिहीबार निर्णय गरेको छ ।
१० मंसिरमा पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला तथा २१ मंसिरमा पहाडी र तराईका ४५ जिल्लामा दुवै निर्वाचन एकसाथ सम्पन्न गरिने आयोगले जानकारी दिएको छ ।