Logo

एएफसी फुटसल च्याम्पियनसिप : चौउर सामाखुसीको विजयी सुरुवात


काठमाडौं । चौउर क्रिएसनल फुटसल सेन्टर र सामाखुसी फुटसलले राष्ट्रिय फुटसल लिगमा विजय सुरुआत गरेका छन । चौउर फुटसल सेन्टरमा बिहिबार भएको उद्घाटन खेलमा घरेलु टोलि चौरले फुटसल भिलेजलाई ७ – १ गोल अन्तरले पराजित गरेको हो ।
चौउर क्रिएसनल फुटसल सेन्टरमै भएको दोस्रो खेलमा सामाखुसीले ढुकु फुटसल हबलाई ५ – ० ले पराजित गरेको छ । यस्तै संखामुल फुटसलले रेभ फुटसललाई ५ – २ ले पराजित गर्दा स्तुपा फुटसलले रजनी फुटसललाई ३ – २ ले पराजित गरेको छ ।
त्यस्तै बौद्वमा रहेको स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा भएको खेलमा धन्यन्तरी फुटसलले खुमलटार युवा क्लबलाई ६ – २ ले पराजित गरेको छ । बौद्धमै भएको अन्य खेलमा बिजी फुटसलले बिजी ब्रोदर्सलाई ३ – २, स्वम्भु रिक्रिएसनलले किक अफ फुटसललाई ३ – २ रले पराजित गर्दा हरिशिद्धि फुटसल र खालीबारी फुटबल क्लबले ७ – ७ गोलको बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्