Logo

इसिडिसी डोजाङकी पुस्पालाई स्वर्ण


काठमाडौं । इसिडिसी तेक्वान्दो डोजाङकी पुस्पा बादीले दोस्रो मनमैजू आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । शुक्रबार तारकेश्वरस्थित कौशल इंग्लिस सेकेन्डरी स्कुलमा भएको च्याम्पियनसिपको महिला २२ केजी तौलसमूहमा पुस्पाले स्वर्ण जितिन् । पुस्पाले फाइनलमा मुलपानीकी मेलिना राईलाई हराउँदै स्वर्ण हात पारिन् । एपिएफकी प्रतिक्षा कोइराला र मनमैजूकी प्रज्वल्या लामा संयूक्त रुपमा कांस्य पदक हात पारे । पुरुषको २१ देखि २५ केजीतौल समूहमा आदर्श डोजाङका रेक्स बलामी,आयोजक मनमैजू डोजाङका राजेश खत्री,कौशल स्कुलका आदर्श तामाङ र लैनचौरका सुरज मसाल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
महिलाका ३२–३६ केजीतौलमा आयोजक मनमैजुका पुर्णिमा महर्जन र वर्षा तामाङ फाइनलमा प्रवेश गरेका छन् । मनमैजू ‘बी’की वर्षाले आदर्श डोजाङकी सुमिना खड्गीलाई र मनमैजू ‘ए’की पुर्णिमाले मुलपानीकी अस्मीता नगरकोटीलाई हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । मनमैजू तेक्वान्दो डोजाङको आयोजनामा भएको २ दिने प्रतियोगितामा कुल १४ तौलसमूहमा प्रतिस्पर्धा हँुदै छ । पुरुषमा ८ र महिलामा ६ तौलमा प्रतिस्पर्धा हुने आयोजक मनमैजू तेक्वान्दो डोजाङ प्रमूख राजकुमार ठकुरीले बताए ।
प्रतियोगितामा कुल ३२ टिमका २ सय ५० खेलाडीले कुल १४ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको उद्घाटन तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहोरा ,वडा नम्बर ८ का अध्यक्ष मनोज घिमिरे र कार्यक्रम संयोजक साधुराम खत्रीले गरेका थिए । सो अवसरमा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य नोर्बु लामा,पारा तेक्वान्दो प्रशिक्षकद्व कल्याण कुँवर,कविराज नेगी लामा र काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव कुमार लामा घिसिङलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्