Logo

सेजन अध्यक्षमा पुष्पराज आचार्य


काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)कौ अध्यक्षमा पुष्पराज आचार्य निर्वाचित भएका छन् ।
१८ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ११८ मतका साथ आचार्य विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी मोदनाथ ढकालले १०६ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रामराजा श्रेष्ठले ८८ मत प्राप्त गरे ।
महासचिवमा भीमप्रसाद गौतमले १०६ प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी जनार्दन बरालले ७० र अर्का उम्मेदवार अनुजराज ढुंगेलले ४९ मत प्राप्त गरे। सचिव सुजन ओलीले १३० मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नवीन अर्यालले ९२ मत प्राप्त गरे । कोषाध्यक्षमा भागवत भट्टराईले १२३ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी सरस्वती ढकालले ९८ मत प्राप्त गरे ।
त्यसैगरी सदस्यमा एलिजा उप्रेती ९१५७०, हिमाल पौडेल ९१४५०, सागर घिमिरे ९१२८०, कृष्ण रिजाल ९१०९० र शिव बोहोरा ९९९० मतका साथ विजयी भएको निर्वाचन समितिका संयोजक डा सुरेश आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्