Logo

विश्वकप फुटबल २०१८ छनौट : पोल्याण्ड पराजित


एजेन्सी । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा पोल्याण्ड परातिज भयो । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘इ’ रहेको पोल्याण्ड डेनमार्कसँग ४–० ले पराजित भएको हो । डेनमार्कको जितमा थोमस डिलेनी, एन्ड्रियास कोर्निलियस, योर्गन्सन र एरिक्सनले गोल गरे ।
विजयी भएको डेनमार्क १३ अंकसहित तेस्रो स्थानमा छ । समूह ‘इ’ अन्तर्गतकै खेलमा मन्टेनेग्रोले कागखस्तानलई ३–० तथा रोमानियाले अर्मेनियालाई १–० ले हराएका छन ।

प्रतिक्रिया दिनुहोस्