Logo

२ नम्बर प्रदेशमा पहिलो हुन दलको दौडधुप


काठमाडौं  । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावका लागि यतिखेर प्रदेश २ तातिएको छ । कतिपय दल उम्मेदवारी छनोटका लागि दौडधुपमा लागेका छन भने कतिपयले घोषणा गरी चुनावी प्रचारप्रसारमा लागिसकेका छन । भदौ २१ गते उम्मेदवारी मनोनयन हुने समय तोकिएको छ तर प्रमुख दलहरूले नै अझै उम्मेदवारी टुङ्गो लगाएको छैन ।
तेस्रो चरणमा भइरहेको प्रदेश २ मा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्