रेकर्ड ब्रेक गरेको सुनको भाउ आज भने घट्यो, कतिमा हुँदैछ कारोबार ?

रेकर्ड ब्रेक गरेको सुनको भाउ आज भने घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ ३ सय रुपैयाँले घटेको हो ।

बिहीबार १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १९ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार १ लाख १९ हजार ३ सय पुगेर नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो बनेको थियो। हिजो भाउ घटवड नहुँदा सुन बुधबारकै मूल्यमा कारोबार भएको थियो ।

आज तेजावी सुन १ लाख १८ हजार ४५० रूपैयाँ तोकिएको छ।

यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेकाे छ । हिजो १५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज  १५ सय ४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।