किन गरियो ४२ दिन मै खारेज मेडिकल कलेजको सम्बन्धन
प्रकाशित मिति : 7 September, 2017
प्रकाशित मिति : 7 September, 2017

काठमाडौं । कठमाडौं नेसनल कलेजलाई दिएको सम्बन्धन ४२ दिनमै खारेज भएको छ । त्रिभुवन विश्वविद्यालयले विवादित कलेजलाई दिएको सम्बन्धन बुधबार खारेज गरेको हो ।
त्रिवि कार्यकारी परिषदले १२ साउनमा सर्वोच्च अदालतको आदेश पालना गरेको भन्दै कलेज सञ्चालनको अनुमति दिएको थियो । कार्मचारी र चिकित्सकसमेत नभएको खाली भवनलार्ई सम्बान्धन दिएको भन्दै चौतर्फि विरोध भएपछि एक साताअघि त्रिविले अस्पतालबारे सत्य–तत्थाय बुझ्न तीन सदस्यीय समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा सम्बान्धन खारेज गरेको त्रिविका उपकुलपति तीर्थ खनियाँले बताए ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्