Logo

धुलिखेलका नगरप्रमुख ब्याञ्जु लाई खुल्ला पत्र


धुलिखेल । पर्यटन बिकासमा महत्वपुर्ण स्थान राख्दै आउको धुलिखेल नगरपालिकाको बिकास अनि सरसफाईको बिषयलाई लिएर अहिले नगरबासीले असन्तोष ब्यक्त गर्न थालेका छन् । धुलिखेल (८ का राजाराम गौतमले यी नै बिषयलाई समेटेर लेखेका छन् नगरप्रमुख  श्री अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई लेखेका छन् खुल्ला पत्र
आदरणिय मेयर साहेब नमस्कार
हिजो आज धुलिखेल बास्तबमै धुलै धुलोको खेल मैदान जस्तो भाको छ । नगरपालिकामा आफैं सरसफाई गरेको हजुरको फेसबुकमा फोटो देखेपछि लागेथ्यो कि अब बजार क्षेत्रमा पनि हजुर निस्कनुहुन्छ । तर त्यसो हुन आजका दिनसम्म सकेन त्यहि भएर यो पत्र लेख्दैछु । हजुरको कार्यकक्षको ट्वाईलेट राम्रै छ तर ठिक तल्लो तलामा रहेको आम मानिस जाने ट्वाईलेटको ढोकामा न त चुकुल छ न त पानिनै राम्रो संग आउछ ।
एयरपोर्ट सफा गरेर नाम कमाएका खेम दाईसंगको फोटो फेसबुकमा खाएपछि लागेथ्यो अब त धुलिखेल पुरै सफा हुने भो । फेसबुकमा फोटो हाल्ने सिबाय अरु उपल्बधि त भय होला तर नगरबासिले महशुस गर्न अहिले सम्म पाएको छैन्न । हजुरले ग्रिन सिटि बन्दै धुलिखेल भनेर राम्रा राम्रा फुटा फेसबुकमा हालि रहंदा हाम्रै नगरको फोहरका कारण पांचखालको खोला तथा कृषि योग्य क्षेत्रमा धुलिखेलको फोहरले पारेको ठुलो असर ले वातावरणि असर कहालि लाग्दो छ । पांचखालबासि आन्दोलनको तयारि गरिरहेका छन् । यदि बास्तबमै विकल्प खोजियन वा फोहरलाई व्यवस्थित गर्न सकियन भने पर्यटकिय नगरि धुलिखेलको अन्तरास्ट्रिय स्तरमा कस्तो मेसेज जाला रु यति भैरहंदा फोहरका ठेकेदारलाई सजग गराउनु हुन्छ होला भनेर सोचेका थियौं हजुरले भित्र भित्र काम त गर्नु भयो होला तर उनै ठेकेदार संग होटलमा डिनर गरेको बाहेक अरु त्यस्तो केहि महशुस गर्न पाएको फोटो हजुरको फेसबुकमा आको छैन । फोहरको ठेकेदार लाई सम्झौता अनुसार काम गराउनु पर्ला हैन भने ठेक्का रद्ध गर्न समेत पछि हट्न भएन । नत्र नगर बासिले सोच्ने एउट‌ै उखान हो । जुन जोगि आए पनि कानै चिरेका । हजुरले त्यस्तो सोच्ने मौकै दिनुहुन्न मलाई पूरा विस्वास छ । त्यहि भएर त पत्र लेख्दै छु । नगरबासिले फोहरको कर टन्नै तिरेपछि सफा हुनु संग सरोकार छ । अरु त केही होईन ।
कुरो के भने आजभोलि हजुरकै घर अगाडि पनि धुलोले टिकिसक्नै छैन । नगरपालिकामा ढल सफा गर्ने जेट मेसिन छ । दिनको २ पटक त्यो मेसिन प्रयोग गरेर बाटो पखाल्ने काम गर्ने हो भने टन्टै साफ हुन्थ्यो । निर्माण का समयमा केही असहज हुन्छ तर यसो भन्दैमा आम नगर बासिको स्वास्थ्य संग खेलबाड गर्न पनि त मिलेन हैनरु यो बिसयमा धुलिखेल अस्पताल का डाक्टर साहेब डा। राजेन्द्र कोजु पनि बढि चिन्तित हुनुहुन्छ । हजुरले पानी परेपछि खिच्नु भाको फोटो र डाक्टर साबले पानी पर्नु भन्दा पहिले खिच्नु भयको तस्बिर संगै राखिदेको छु ।भनेको मान्नु पर्छ भन्ने छैन तर यो धुलो र फोहरबाट चै नगरबासि मुक्ति छाहन्छन । अहिलेलाई यति है ।
धन्यवाद
तपाईकै नगरबासि
राजाराम गौतम
धुलिखेल ८

प्रतिक्रिया दिनुहोस्