Logo

शिक्षा दिवसका अवसरमा पुरस्कार स्थानीय तहबाटै


काठमाडौं । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई शिक्षा मन्त्रालयले दिँदै आएको पुरस्कार अब स्थानीय तहबाटै दिइने भएको छ ।

मन्त्रालयले जिल्लाबाट प्राप्त सिफारिसका आधारमा त्यस्ता योगदान दिने झण्डै ५०० व्यक्तिलाई पुरस्कृत गर्दै आएकामा अब स्थानीय तहबाटै व्यवस्थापन गरिने मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिनुभयो ।

मन्त्रालयले उत्कृष्ट शैक्षिक संस्थालाई राष्ट्रिय एवं प्रदेश शिल्ड, ध्वजा, पुरस्कार तथा प्रमाणपत्रबाट पुरस्कृत गर्दै आएको थियो । यस वर्ष दिवसका यही भदौ २३ गते सो पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रम तय भएको छ । दिवसको नारा ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने छ ।

प्रतिक्रिया दिनुहोस्