Logo

श्रीलंकाविरुद्धका सबै खेलमा भारतद्वारा क्लीन स्वीप


एजेन्सी । पाँच एक दिवसीय क्रिकेटमा क्लीन स्वीप गरेको भारतले टी–२० खेलमा पनि श्रीलंकालाई ७ विकेटले हराएको छ । एक खेलको टी–२० सिरिज जितेसँगै भारतले श्रीलंका भ्रमरणमा खेलेका सबै खेल जित्दै क्लिन स्विप गर्न सफल भएको छ । भारतले यससअघि श्रीलंकालाई टेस्ट सिरिजमा ३–० र एकदिवसीय सिरिजमा ५–० ले हराएको थियो ।
कोलम्बोल टस जितेर घरेलु टोली श्रीलंकालाई ब्याटिङको निम्तो दिएको भारतले श्रीलंकालाई १ सय ७० रनमा समेटेको थियो । १ सय ७१ रनको लक्ष्य चार बल बाँकी हुँदा मात्रै तीन विकेट गुमाएर भारतले पूरा गरेको थियो । भारतको जितमा कप्तान विराट कोहली ८२ रन जोडे । मनीष पाण्डेले ३६ बलमा नटआउ ५१ रन बनाए भने केएल रहुलले १८ बलमा २४ रनको पारी खेले ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले दिलसान मुनावेराले ५३ र असन प्रियन्जनले नटआउट ४० रनको सहयोगमा सात विकेटको क्षतिमा एक सय ७० रन जोड्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्