Logo

अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा, टर्कीस नागरिक पक्राउ


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्दै एक टर्कीस नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोबाट खटिएको टोलीले अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकीलाई मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्यूरोले पक्राउ परेको व्यक्तिसँग एक हजार २ सय २५ युरो, नौ हजार ७ सय १० अमेरिकन डलर, ३३ हजार इण्डोनेशियन रुपिहा, ३४ वटा एटिएम कार्ड, चार थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्