इतिहासकै महङ्गो बन्यो सुन, १ लाख २० हजार नाघ्यो

इतिहासकै महङ्गो बन्यो सुन, १ लाख २० हजार नाघ्यो


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ हाल सम्मको उच्च भएको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सँगै सुनको भाउ इतिहासकै महङ्गो बनेको छ ।

आज तेजावी सुन १ लाख २० हजार २०० रूपैयाँ तोकिएको छ।

यस्तै आज चाँदी ५ रुपैयाँले बढेको छ । शुक्रबार १५ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ सय ४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।