Logo

छुमन्त्रले छाेएन मेयरका प्रतिवद्धता : जनतालाई माछो माछो भ्यागुतो !!!


काठमाडौं । स्थानीय तहको निर्वाचनमा विभिन्न महानगरका मेयर जनतालाई सुन्दर प्रतिवद्धता जनाएका थिए । तर कुनै पनि मेयर प्रतिबद्धता अनुरुप काम गर्न सकेका छैनन् । यस्तै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनका क्रममा गरेका अधिकांश प्रतिबद्धता कार्यान्वयन गर्न १०० दिनमा असफल भएका छन् । शाक्य मेयरमा निर्वाचित भएको बुधबार सय दिन पुग्यो । उनी १७ जेठमा मेयरमा निर्वाचित भएका थिए । उनी ‘सय दिनमा एक सय एक काम’ गर्ने एजेन्डा बोकेर निर्वाचनमा उत्रिएका थिए ।
पूरा नभएको महत्वपूर्ण प्रतिबद्धता
निर्वाचनका क्रममा शाक्यले सय दिनभित्रै महानगरलाई साइकल सिटीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनको यो योजना पूरा हुन सकेन । स्वयम्भू, पशुपति, बौद्ध र वसन्तपुर क्षेत्रलाई फ्रि वाइफाइ जोन बनाउने भनिएको थियो ।
सय दिनभित्र काठमाडौंमा ‘मिनी असन’ बजार स्थापना गरिने भनिएको थियो । कर तिर्न ‘स्मार्ट कार्ड’ सञ्चालनमा ल्याइने योजना पूरा भएनन् ।उनले सय दिनमा ट्राफिक जाम हटाउने घोषणा गरेका थिए । यस्तै, चोभारमा खोल्ने भनिएको ‘ग्रयान्ड एक्जिविसन सेन्टर’ खुलेन । महानगरभित्र खुल्ने भनिएको सुपथ मूल्य पसलसमेत खुलेन । स्मार्ट भेइकल कार पार्किङ र भेहिकल फ्रि जोन कार्यक्रम, धरहरा र काष्ठमण्डप र रानीपोखरीको पुनर्निर्माण सुरु नै भएन ।
ट्राफिक लाइट निर्माण काम अघि बढ्न सकेन । तीनकुनेमा अत्याधुनिक पार्क निर्माण योजना अलपत्र छ । पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण योजना त्यत्तिकै थन्केको छ ।
छु मन्त्रले छाेएन प्रतिबद्धता
शाक्यले ‘ग्रिन द सिटी’ अभियान सुरु गरेका थिए । त्यसअन्तर्गत एक हजार आठ सय तीन वृक्षरोपण भएका छन् । उज्यालो राजधानी अभियानअन्तर्गत महानगरभित्र एक हजार सात सय ७६ सोलार बत्ती जडान भएका छन । नयाँ पत्रीकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्