Logo

यु–१९ टोलि मलेसिया प्रस्थान, सफल हुनेमा आशावादी


काठमाडौं । मलेसियामा आयोजना हुने एसिसी यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली आज मलेसिया प्रस्थान गरेको छ । सोमबार मलेसियामा हुने थाइल्यान्डसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्ने छ ।
दीपेन्द्र सिंह ऐरीको कप्तानी रहेको टोलीले भदौ २८ मा भुटान र भदौ २९ मा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । दुई समूहका समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन । उता अर्को समूहमा आयोजक मलेसिया, हंङकङ ,चीन र म्यानमार छन । फाइनल पुग्ने दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।
यु–१९ नेपाली टोली
१.दिपेन्द्र सिंह ऐरी (कप्तान)
२.सन्दीप लामिछाने
३.मोहम्मद आसिफ शेख
४.सन्दिप सुनार
५.प्रनित थापामगर
६.अनिल कुमार शाह
७.पवन सर्राफ
८.रोहित कुमार पौडेल
९.किशोर महतो
१०.शाहव आलम
११.नन्दन यादव
१२.बिक्रम कुमार भुषाल
१३.सन्दिप जोरा
१४.सुमित महर्जन

प्रतिक्रिया दिनुहोस्