Logo

सिरहामा डाक्टरको चुनावी माहोल


सिरहा । यतिवेला मधेशका जिल्लाहरुमा स्थानीय तह तेस्रो चरण निर्वाचनको सरगर्मी बढेको छ । विभिन्न दलका उम्मेदवारहरु मत माग्दै जनताको घरदैलोमा पुगेका छन । गाउँदेखी शहर सम्मको चौक चौकमा चुनावी चर्चा बढेको छ ।
सिरहा नगरपालिकामा नेपाली काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने स्थानीय आंकलन छ । नेपाली काँग्रेसबाट डा.सुभाष चन्द्र यादव र एमालेबाट डा.नविन यादवले चुनावी मैदानमा भाग लिँदै छन् । ०७० को संविधानसभाको निर्वाचनमा डा.नविन यादवले फोरम लोकतान्त्रिकबाट निर्वाचन लडेका थिए । उनी एमालेका शहिद नेता हेमनारायणका छोरा हुन । आफ्नो बुबाको हत्यारालाई कारवाहीको दायरा ल्याउन पार्टीले केही नगरेको भन्दै उनी एमाले छाडेका थिए । एमाले छाडेका उनले फोरम लोकतान्त्रिक विजय कुमार गच्छदारबाट बुबा सालिकमा माल्यार्पण गराएका थिए । एमालेका शहिद बुबा हेमनारायणको मानमर्दन गराएको स्थानीयहरुको आरोप छ ।
०७० को संविधानसभाको निर्वाचनमा फोरम लोकतान्त्रिकबाट जमानत जोगाउन हम्मे हम्मे परेका डा। नविनले फेरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पछि फेरी एमालेमा आएर मेयरका उम्मेदवार बनेका छन् । उनले निर्वाचनमा पराजित भएपछि उनी चिकित्सा पेसा फिर्ता आउने गर्छ मौका आउँदा राजनीतिमा आउँछन् । त्यसैले डा। नविन मौसमी राजनीतिमा मात्रै लागेको तर्क स्थानीयहरुले गर्न थालेका छन् । अहिलेपनि उनले किल्निक खोलेर बसेका छन् । किल्निकमा उपचार चुनावी प्रचारसँगसँगै गरिरहेका छन् ।
मधेश आन्दोनलको रापमा २०६४ को निर्वाचनमा यहाँ मधेशी जनअधिकार फोरमले विजय भएका थिए । त्यतिवेला पनि काँग्रेसले १० हजार ६ सय मत प्राप्त गरेका थिए । भन्ने एमाले ७८ सय मत पाएका थिए । ०७० को निर्वाचन नेपाली काँग्रेस ११ हजार १ सय ११ मतले प्राप्त गर्दै भारी मतअन्तरले एमालेलाई हराउँदै विजय भएका थिए । भन्ने फोरम चौथो स्थानमा सिमित भएका थिए ।
संघिय समाजवादी फोरमबाट अशेश्वर यादव मेयरमा उम्मेदवार भएका छन् । यादव पूर्व मेयर हुन । यस्तै नयाँ शक्तिबाट डा. दिलिप सदा छन् । नेकपा माओवादी केन्द्रबाट महेश गोप मेयरमा चुनावी मैदानमा उत्रेका छन् । सिरहा नगरपालिकामा पुर्व मेयर र डाक्टरहरु मेयरमा भिडदै छन् ।

प्रतिक्रिया दिनुहोस्