Logo

यूएस ओपन टेनिसको महिला उपाधिलाई स्टेफन र माडिसनबीच प्रतिस्पर्धा हुने


एजेन्सी । वर्षको अन्तिम ग्रान्ड स्लामका रुपमा रहेको यूएस ओपन टेनिसको महिलातर्फको उपाधि अमेरिकाकै टेनिस खेलाडी सोलेनी स्टेफन र माडिसन किबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार भएको खेलमा सोलेनीले दुई पटकको च्याम्पियन भेनस विलियम्सलाई तथा माडिसने किले कोको भाण्डेवेगेलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन । दुवै खेलाडी पहिलोपटक ग्राण्डस्लामको फाइनलमा पुग्न सफल भएका हुन । शुक्रबार बिहान भएको खेलमा सोलेनीले नवौं वरियताको भेनस विलियम्सलाई २–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेकी हुन ।

प्रतिक्रिया दिनुहोस्