Logo

प्रचण्डको योजनाको दोस्रो काम सार्वजनिक


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट लड्ने घोषणा गर्नु भएको छ । भरतपुर महानगर क्षेत्रबाट नै निर्वाचन लडने तयारीमा जुटेका दाहालले प्रेस सेन्टरले आज विहान भरतपुरमा गरेको पत्रकार सम्मेलनमा स्थानीय पार्टी कमिटीसँग छलफल गरेर कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने तय गर्ने बताउनु भएको हो ।

दाहालले ०६४ को चुनावमा काठमाडौं र रोल्पा दुबै ठाउँबाट चुनाव जित्नुभएको थियो तर दोस्रो संविधानसभामा सिरहाबाट जिते पनि काठमाडौं १० मा भने उहाँ पराजित हुनुभएको थियो ।

चितवनको भरतपुर महानगरपालिकामा पनि कांग्रेससँग गठबन्धन गरी दाहालले पुत्री रेणुलाई महानगरको मेयरमा जिताउन सफल हुनु भएको हो । पुत्री रेणुलाई जिताएर दाहालले आफ्नो निर्वाचन पकड क्षेत्र बनाउने योजनामा रहेको विपक्षीहरुको आशंका थियो ।

जिल्लाको विकासका लागि पूर्वाधार निर्माणमा आफ्नो प्राथमिकतामा रहेको उहाले बताउनुभयो । नारायणी र राप्ती नदीलाई जोडेर रिङरोड बनाउने तथा बिदेशी विकसित शहरहरुसँग भरतपुरलाई जोड्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्