पूर्वमन्त्री सहित २४ ठेकेदार कम्पनी बेपत्ता
प्रकाशित मिति : 9 September, 2017
प्रकाशित मिति : 9 September, 2017

काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् ।
यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि रहेको छ । यी कम्पनीले ३० वटा भवन निर्माणको ठेक्का लिएका थिए । एक सय ३० रुग्ण आयोजनामध्ये ३० वटा आयोजनाका ठेकेदार भागेका हुन् । विभागअन्तर्गत देशभर ३५ वटा डिभिजन कार्यालय छन् । तर ती कार्यालयको नेतृत्व गरेका कर्मचारीको फितलो अनुगमन र व्यवस्थापनले कुनै पनि आयोजना समयमै सकिएका छैनन् ।
एक वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने यी भवन निर्माणको काम अहिलेसम्म सकिएको छैन । नौं वर्षपहिलेका सम्झौता अहिलेसम्म पनि कार्यान्वयन भएको छैन । १३० कम्पनीले ०६५ देखि ०६९ बीचमा एक वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्