Logo

काँग्रेस नेता लोहारको निधन


काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य प्रतापराम लोहारको आज साँझ ७४ वर्षको उमेरमा निधन भएको छ ।
विगत केही समयदेखि मधुमेह, मिर्गौला र उच्च रक्तचापबाट पीडित कञ्चनपुर निवासी उहाँको ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । स्व लोहारले काँग्रेसको संगठनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । काँग्रेसले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । उहाँका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्