नवराज विकसहित ६ जना हत्या प्रकरणको सुनुवाइ आजबाट

नवराज विकसहित ६ जना हत्या प्रकरणको सुनुवाइ आजबाट


काठमाडौं ।

रुकुममा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनाको सुनुवाइ आइतबारदेखि हुने भएको छ।

रुकुम पश्चिम जिल्ला अदालतमा अन्तर्रजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्या घटनाको मुद्दामा आजदेखि जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा निरन्तर सुनुवाइ हुन लागेको हो।

२०७७ साल जेठ १ जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए।

दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराजसहित उनका साथीलाई लेखेटेर मारेका थिए।