अब सडक बत्तीको महसुल सम्बन्धित स्थानीय तहले नै तिर्नुपर्ने

अब सडक बत्तीको महसुल सम्बन्धित स्थानीय तहले नै तिर्नुपर्ने


काठमाडौं।

अब सडकमा बलेका बत्तीको महसुल सम्बन्धित स्थानीय तहले नै बेहोर्नुपर्ने भएको छ ।

अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुल गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएपछि सडक बत्ती बापतको बक्यौता रकम स्थानीय तहले बेहोर्नुपर्ने भएको हो ।

सरकारी बक्यौतामध्ये सबैभन्दा बढी रकम सडक बत्तीको शुल्क नै रहेको बताइएको छ ।

गत असारसम्म ३३१ पालिकाहरूको सडक बत्तीको बक्यौता ६ अर्ब ८ करोड रुपैयाँ छ ।

गत कात्तिक २२ गतेको अर्थ मन्त्रालयको निर्णयअनुसार सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिएको हो ।