Logo

उम्मेदवारलाई भोट माग्न प्रचण्ड गाँउ गाँउमा


वीरगञ्ज । असोज २ हुने तेस्रो चरणको स्थानीय निकायको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवारहरुलाई मत माग्न यति बेला बारामा मतदाता फकाउन व्यस्त भएका छन् ।
शुक्रबारदेखि बाराको भ्रमण तथा घर दैलोमा अभियानमा व्यस्त देखिएका अध्यक्ष प्रचण्डले शनिबार बिहान कलैयाका मतदाताहरुसँग भेटघाट गरी माओवादीका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्