Logo

युनाइटेड बराबरीमा रोकिँदा, सिटीद्वारा गोलको वर्षा


एजेन्सी । म्यानचेष्टर सिटीसले लिभरपुलमाथि गोलको वर्षा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा यस सिजनको पहिलो बराबरी खेलेको छ ।
इंग्लिस प्रिमियर लिग फुटब अन्र्तगत गएराति भएको खेलमा युनाइटेडले स्टोक सिटीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । स्टोकको घरेलु मैदानमा भएको खेलमा एरिक चोपो मोटिङले ४३औँ मिनेटमा गोल गर्दै स्टोकलाई अग्रता दिलाएका थिए । तर युनाइटेडका लागि मार्कुस रासफोर्डले पहिलो हाफमै बराबरी गोल पर्काएका थिए । ५८औँ मिनेटमा रोमेलु लुकाकुको गोल गरेपछि युनाइटेडले २–१ को अग्रता बनाउन सफल भएको थियो । ६३औँ मिनेटमा मोटिङले नै व्यक्तिगत दोस्रो गोल गरेपछि स्टोकले खेल बराबरी गरेको हो ।
बराबरीपछि ४ खेलबाट छिमेकी सिटी समान १० अंक जोडेको युनाइटेड गोल अन्तरका आधारमा अंक तालिकाको शीर्ष स्थानमा पर्केको छ । यस्तै, गएराति नै भएको खेलमा म्यानचेस्टर सिटीले १० खेलाडीमा सिमित लिभरपुललाई ५–० को गोल परजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा सिटिलाई जित दिलाउन ग्याब्रियल जिसस र लियोरी सानेले समान दुई दुई तथा सर्जियो अग्युरोले एक गोल फर्काए । यो जितपछि म्यानचेस्टर सिटि लिगको दोस्रो स्थानमा उक्लिएको छ । यस्तै, गएराति नै भएको अन्य खेलमा चेल्सीले लेस्टर सिटलाई २–१ गोलले पराजित गरेको छ । उता आर्सननले बोर्नमाउथलाई १–० पराजित ग¥यो भने टोटन ह्यामले एभरटनलाई ३–० तथा ब्राइटनले वेष्ट ब्रोमलाई ३–१ पराजित गरेको छन् ।
लिग अन्र्तग आज राति क्रिस्टर प्यालेस र बरनेली तथा स्वान्सीसिटी र न्यूक्यासल बीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्