राफेल नाडालाई चौथो युएस ओपन टेनिसको उपाधि
प्रकाशित मिति : 11 September, 2017
प्रकाशित मिति : 11 September, 2017

एजेन्सी । स्पेनी राफेल नाडालले वर्षको चौथो तथा अन्तिम ग्राण्ड्सलाम युएस ओपन टेनिको उपाधि जीतेका छन् । करियरको १६ औँ उपाधि जितेका नाडालले दक्षिण अमेरिकाका केभिन एण्डरनसलाई ३÷० को सोझो सेटमा पराजित गर्दै तेस्रो पटक युएस ओपन जितेका हुन् ।
न्यूयोर्कमा भएको फाइनल खेलमा नाडालले एण्डरसनलाई ६–३, ६–३,६–४ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । यस अघि नाडाललले सन २०१० र २०१३ मा पनि युएस ओपनको उपाधि जितेका थिए । ३१ वर्षीय नाडाल यसै वर्षको फ्रेन्च ओपन टेनिसको पनि उपाधि चुमेका थिए ।
प्रतिक्रिया दिनुहोस्