एक कम्पनिको आइपिओ भोलि बाँडफाँड हुने

एक कम्पनिको आइपिओ भोलि बाँडफाँड हुने


काठमाडौं ।

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ भोलि (मङ्सिर १९) गते बाँडफाँड गर्ने भएको छ ।

बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आइपिओ मङ्गलवार बाँडफाँड गरिने मिति तय भएको हो ।

मङ्सिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको कम्पनीको आइपिओमा १३ लाख २२ हजार ९५४ जनाले १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरू र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्कासन खुला गरेको थियो ।

सर्वसाधारणका लागि छुट्टाइएको शेयर १ लाख १४ हजार ८ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

कम्पनीले बेबोनबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।