Logo

म्यानमारका मुसलमानमाथि जातिय द्वन्द्व थोपरिएकोे राष्ट्रसङ्घको भनाई


एजेन्सी । हिंसा र चोटपटक खेप्दै आएका रोहिङगा मुसलमान समुदायका व्यक्तिहरूले म्यानमारमा जातिय द्वन्द्व खेप्दै आइरहेको राष्ट्रसङ्घीय अधिकारीले बताएका छन् ।
राष्ट्रसङ्घको मानवअधिकार प्रमुख जेईद राड अल हुसेनले सोमबार ‘पाठ्यपुस्तकमा भएको उदाहरण’ जस्तो हिंसा उनीहरूले भोगिरहेको सोमबार बताउनुभएको मेना समाचार संस्थाले जनाएको छ ।
मानवअधिकार परिषद्को ३६औं बैठकको सुरुमा बोल्दै उहाँले हिंसा प्रभावित क्षेत्रमा म्यानमारका अधिकारीहरूले अवरोध गरेकाले राष्ट्रसङ्घको तर्फबाट अनुसन्धान गर्न नसकिएको बताउनुभयो ।
अल हुसेनले म्यानमारको राखिन राज्यमा सुरक्षाकर्मीहरूले गरिरहेको क्रुर सुरक्षा कारबाहीको घोर निन्दा गर्नुभयो ।
राष्ट्रसङ्घीय प्रवक्ताले हिंसामा परी गत तीन हप्ता देखि अहिले सम्म तीन लाख १३ हजार जनता छिमेकी मुलुक बङ्गलादेशमा विस्थापित भएको जानकारी दिनुभयो ।
बङ्गलादेशमा विस्थापित भएका तीन लाख रोहिङगा मुसलमानहरूलाई खाना, बस्ने सामग्री, पानी, स्वास्थ्य सामग्री र अन्य सहयोगहरू उपलब्ध गराईरहने राष्ट्रसङ्घले यसअघि नै घोषणा गरेको छ । यो बर्षको अन्त्य सम्म यस्तो सहयोग जारी रहने पनि राष्ट्रसङ्घले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्